सलमानलाई पाँच वर्षको जेल सजाय

न्यु दिल्ली,चैत्र २२ गते।
बलिउडका सूपरस्टार सलमान खानलाई कालो हरिणको शिकार गरेको मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ। भारतीको जोधपुर अदालतले सलमानलाई कालो हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको हो। उनले जोधपुरको केन्द्रीय करागारमा राखिने छ।

सन १९९८ मा भारतको जोधपुरको ग्रामीण क्षेत्रमा कालो हरिणको शिकार गरेको अभियोगमा सलमानसहित पाँचजना विरुद्ध मुद्दा दायर गरिएको थियो। सोही मुद्दाका अन्य आरोपी फिल्म अभिनेता सैफ अलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीमललाई भने अदालतले सफाई दिएको छ।

सूपरस्टार सलमानसहित पाँचै जना ‘हम साथ साथ है’ भन्ने हिन्दी फिल्मको सुटिङको लागि जोधपुर गएका थिए। प्रहरीले त्यस बेला सलमानलाई राइफल र रिभल्भरसहित समातेर पाँच दिन थुनामा राखेको थियो।

दोषी ठहर भएका सलमानलाई भारतको वन्यजीव कानुन अनुसार ६ वर्षसम्मको सजाय हुनु पर्ने सरकारी वकिलले माग दाबी गरेका थिए। उता सलमानका वकिल हस्तीमल सारस्वतले निर्दोष भएको भन्दै दुई वर्षको मात्रै जेल सजायको माग गरेका थिए।

Comment with Facebook

Share This News !

Ads




shares