बत्ती वाल्न पाएका छौं भनेर सन्तुष्ट हुने कुरै आउँदैन

दाङमा जन्मिएका किरण मल्ल हाइड्रोपावर क्षेत्रमा रातदिन खटिएका छन् । जन्मथलो दाङको पद्मोदय पब्लिक स्कूलबाट एसएलसी गरेका उनीसँग सिभिल ईन्जिनियरिङमा आई आईटी रुड्कीबाट स्नातक तथा हाईड्रोपावर डेभलपमेन्ट एण्ड म्यानेजमेन्ट विषयमा नर्वेको टेक्नीकल यूनिर्भसिटीबाट पोष्ट ग्राजुएटको औपचारिक शिक्षाको अनुभव छ ।
मल्ल हाइड्रोपावर क्षेत्रका अनुभवी ब्यक्ति हुन् । हिमाल हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडमा काम गरेर अनुभव बटुलेका उनी केही समय बुटवल पावर कम्पनीको जनरल म्यानेजर (सिइओ) पनि भए । कन्सट्रक्सन कम्पनीकारुपमा हिमाल हाइड्रो भएतापनि यो कम्पनी हाइड्रोपावर आयोजनाको लाइसेन्स लिने तथा काम गर्ने मोडलमा पनि चलेको थियो । जलश्रोत मन्त्री शैलेजा आचार्य भएका बेला हाईड्रोपावरमा नीजि क्षेत्रको ढोका खोलेको अनुभव मल्लले हामीलाई सुनाए ।

नेपालमा हाईड्रोको क्षेत्रमा निकै नै प्रगति भएको मान्छन् मल्ल । ’केहि वर्ष पहिले लाइसेन्स लिएर काम गर्न निकै गाह्रो थियो । तर अहिले यो क्षेत्रमा काम गर्छु भन्नेका लागि सजिलो छ । झोलामा हाईड्रो बोक्नेका लागि अप्ठेरो होला ।’ उत्साहित हुँदै मल्लले हामीलाई सुनाए । नेपालमा प्रशस्तै पानी भएर पनि नेपालीले उर्जामा आत्मनिर्भर हुन नसक्नुलाई यो क्षेत्रको प्रमुख समस्याकारुपमा लिएका उनीले ईच्छाशक्ति हुने हो भने आफ्नै देशमा उर्जाको विकासबाट प्रशस्तै रोजगारी सिर्जना हुने र होनहार युवाहरु वैदेशिक रोजगारीका लागि मरुभूमिमा जानुनपर्ने तर्क गर्छन् । हाईड्रोपावर क्षेत्रको अहिलेको अवस्था, लोडसेडिङ अन्त्य लगायतका विषयमा नवीन सन्देशका सम्पादक कल्पना शर्माले उर्जा व्यबसायी किरण मल्लसँग गरेको कुराकानी :

किरण मल्ल, कार्यकारी अध्यक्ष

नेपालमा हाइड्रोपावरको अवस्था कस्तो छ ?
अहिले नेपालमा हाइड्रोपावरको अवस्थाको ’boutमा भन्नैपर्दा राम्रो फड्को मारेको छ । विद्युत प्राधिकरण र निजी क्षेत्रले आफ्नै देशको दक्ष जनशक्ति लगाएर मेहनतकासाथ काम गरिरहेका छन् । जसबाट स्वदेशी इन्जिनियर लगायतका दक्ष जनशक्तिले विदेश पलायन हुन सोच्नु परेको छैन । समग्रमा भन्नुपर्दा अहिले यो क्षेत्रप्रति सरकार र जनताको सकारात्मक सोचमा वृद्धि हुँदै गएको छ ।

अहिलेकोे माग १२५० मेगावाट छ भने आपूर्ति जम्मा ८७५ मेगावाट मात्रै छ यस्तो अवस्थामा हाइड्रोपावर अभियन्ताका हिसाबले तपाई के भन्नुहुन्छ ?
वास्तवमा यस्तो मागलाई म निरासाबादी रुपमा लिन्छु । १२५० मेगावाट बत्तीले हामीलाई पुग्दैन जुन हामी देशैभरीको माग भनिरहेका छौं । जवकि काठमाडौंको अहिलेको माग १ हजार मेगावाट हो । साथै नेपाल.विद्युत प्राधिकरणले बढ्दो मागलाई ध्यानमा राखी WECS ले गरेको Energy Forecast लाई आत्मासात् गरी सकेको अवस्था छ ।

लोडसेडिङ एकाएक हटेपछि, वत्ती बलीरहेको छ कुनै समस्या नभएका कारण हाइड्रोपावर क्षेत्रको लगानीमा त्यति धेरै ध्यान दिनुपर्दैन भन्ने सोचमा पनि वृद्धि भएको देखिन्छ नी ?
म यस कुरामा सहमत छैन । यो निरासाबादी र पुरातन सोच हो । अहिलेसम्म हामीले हिटरमा खाना पकाएका छैनौं । विजुलीबाट पानी उमालेर पिएका छैनौं । ढुक्कसँग एसी जोड्न पाएका छैनौं । यस्तो अवस्थामा हामी हाइड्रोपावर क्षेत्रको लगानीमा त्यति धेरै ध्यान दिनुपर्दैन भनेर कुन शताब्दीको कुरा गरिरहेका छौं ? के बत्ती बाल्नु मात्रै उर्जाको उपयोगिता हो त ? अहिलेसम्म हामी ग्याँसमै निर्भर छौं । अघिल्लो वर्षको नाकाबन्दीमा हामीले खेपेको सास्ती त विर्सेका छैनौं नी ! हामीसँग पर्याप्त उर्जा हुँदो हो त त्यस्तो संकटको सामना किन गर्नुपथ्र्यो ? त्यसैले अहिले हामीसँग भएको उर्जा बत्ती वाल्नमा मात्रै सीमित हुन पुगेको छ । प्रशस्तै उर्जा हुने हो भने देशमा उद्योगधन्दा खुल्छन् । गाडीहरु उर्जाबाट चल्छन् । हामी विदेशीसँग भर पर्नुपर्दैन । हामीकहाँ उर्जाको आवश्यकता धेरैनै छ । यसमा लगानीको आवश्यकता छ । हामी उर्जामा जवसम्म आत्मनिर्भर हुन सक्दैनौं तवसम्म विकास संभव छैन । अहिलेको समयमा हामी बत्ती बाल्नुलाई मात्रै विकास मान्न सक्दैनौं ।

हामी उर्जामा जवसम्म आत्मनिर्भर हुन सक्दैनौं तवसम्म विकास संभव छैन भन्नुभयो, के त्यसोभए अहिले लोडसेडिङ नभएको अवस्थाबाट हामी सन्तुष्ट हुन सक्दैनौ ?
बत्ती मात्रै बालेर हामी कसरी सन्तुष्ट हुन सक्छौं ? भित्री स्वार्थ लुकेकाहरुले यस्तो भन्न सक्छन् । मैले के भन्दा मलाई नाफा हुन्छ ? मेरो व्यापार के छ ? भनेर आफ्नो नीहित स्वार्थपूर्तिमा लागेकाहरुले मात्रै यस्तो विचार राख्ने हुन् ।हामीले विद्युत प्रयोग गरी मेट्रो रेल चलाउन सक्नुपर्छ । हामी दैनिक जीवन सरल र सहज रुपमा सञ्चालन गर्न सक्नुपर्छ । हामीले प्रयोग गर्ने सबै चिजमा प्रयोग हुने विजुली नै हो । उर्जा पर्याप्त भयो भने देशमा विभिन्न किसिमका उद्योगहरु खुल्छन् । जसबाट युवाहरुले आफ्नैदेशमा रोजगार पाउँछन् । प्रतिव्यति आयमा बृद्धि हुन्छ । बत्ती वाल्न पाएका छौं भनेर सन्तुष्ट हुने कुरै आउँदैन ।

त्यसोभए उर्जा उत्पादन र दिगो लोडसेडिङ्ग अन्त्यको लागि के गर्नुपर्छ ?
सरकारले नीति नियमलाई दरिलो तरिकाको कार्यान्वयन गर्न तर्फ ध्यान दिनुपर्छ र नीजि क्षेत्रसँग समन्वय गरी जलाशययुतm आयोजनालाई महत्व दिई जलाशयआयोजनामा लगानी गर्नुपर्छ । यसका साथै महत्वपूर्ण पक्ष भनेको राजनीतिक स्थायित्वनै हो ।
हामी अन्धकारमैं बस्नुपरेको एउटा कारण विद्युत चोरी पनिरैछ निहैन ?
यो गम्भीर समस्या हो । हामीकहाँ उल्टो मिटर घुमाउने र सरकारलाई ठग्ने खालको प्रवृत्तिले पनि दुःख पाएका रैछौं । नेपाल विद्युत प्राधिकरणमा सक्षम र नियत राम्रो भएका मान्छे आएपछि यस्तो चोरी र बद्मासीमा कमी आएको छ ।

तपाई कुन —कुन आयोजनामा आबद्ध हुनुहुन्छ ? आयोजनाहरुको अवस्था कस्तो छ ?
म आवद्ध भएको युनियन हाइड्रोपावर कम्पनीले मिदिम खोला हाइड्रोपावरको ३ मेगावाटको आयोजना पूरा गर्दैछ । यो अबको ४ महिना भित्र पूरा हुन्छ । हामी आइ.पी.ओ. मा जानको लागि नेपाल धितोपत्र बोर्डमा निबेदन दिई सकेका छौं । अर्को आयोजनामा मेवा खोला १५.७३ मेगावाट र होङ्गु खोला २१.८७ मे. वा. आयोजनाकोको लाइसेन्स लिइसकेको छ । त्यसलाई ५ देखि ६ महिना भित्रमा पी.पी.ए. गरि सक्ने उदेश्य राखेका छौं । त्यसैगरी अर्को ड्रिम प्रोजेक्ट तमोर ए ९० मेगावाट आयोजनाको पनि लाईसेन्स लिइसकेको छौं, यस आयोजनालाई पनि अघि बढाउने क्रममा छौं । तमोरमा देश तथा विदेशमा भएका नेपालीहरुको लगानी गराउने साथै विदेशी लगानी समेत भित्र्याउने लक्ष्य लिएका छौं ।

नवीन सन्देश मासिकमा प्रकाशित

Comment with Facebook

Share This News !

shares