एमाले नेता दल बहादुर राना एक परिचय ।

२५ मंसिर, पाल्पा । २०१६ साल असार ५ गते पुर्बी पाल्पाको बिकट गाउँ गाडाकोटमा जन्मनु भएका सर्बहारा बर्गका पर्यायी , कम्युनिष्ठ आदर्श ब्यक्तित्व दल बहादुर राना अहिले प्रतिनिधि सभाका लागि पाल्पा क्षेत्र न. १ बाट सुर्य ध्वजाबाहक उमेद्द्वार हुन । तत्कालिन पन्चायत शासनकालमा हुर्किनु भएका राना अशिक्षा र गरिबीले ब्याप्त पिछडिएको यस बिकट क्षेत्र र समुदायको उत्थानको लागि पन्चायतको अन्त्य गरि बहुदलको स्थापना गरेर ति जनताहरुको भबिस्य सुनौलो बनाउने अभियानमा होमिए । २०३८ सालमा १ बर्षको नाबालक छोरा, श्रीमती र स्वास्थ्य क्षेत्रको सरकारी जागिर छोडेर सर्बहारा बर्गको मुक्तिको खातिर भूमिगत राजनीतिमा छिरेका राना पुर्बी पाल्पाबाट उदाएको अत्यन्त चम्किलो तारा हो जुन तारा दीनदुखी अशाहयहरुको निम्ति हरदम चम्किरहन्छ । रु. १५०० तलबको जागिर छोडेर महान अभियानमा हिडेका श्रीमान बिना नाबालक छोरासँग ८ बर्ष बिताएकी श्रीमती सिर्जना रानालाई घर धान्न र छोरो हुर्काउन अति नै दुख भएको र अझ त्यस माथि श्रीमान भूमीगत भएकै कारण पटक पटक प्रहरिको अनावश्यक मानसिक यातना समेत सहनु परेको ति दिनहरु कष्टप्रद भएको श्रीमती सिर्जनाको मानसपटलमा ताजै छ । राना दम्पतिका दुई छोरा मध्ये जेठा छोरा प्रकाश राना परिवार सहित बेलायतमा बस्दै आएका छन भने कान्छा छोरा बिमान चालक सन्तोष रानाको दुई बर्ष अगाडि बिमान दुर्घटनामा मृत्यु भएको थियो ।
लामो समय सम्म पाल्पा जिल्लाको नेकपा एमालेको नेत्रत्व सम्हाल्दै २०४६ सालको बहुदल स्थापनार्थ निर्णायक भुमिकाको आन्दोलनबाट खुल्ला राजनीतिमा आइसकेपछि प्रथम बहुदलिय निर्वाचन २०४८ मा पाल्पा -१ बाट नेकपा एमालेको तर्फबाट निर्वाचनमा होमिएका थिए । मुख्य प्रतिश्पर्धी नेपाली काँग्रेसबाट आफ्नै ससुरा कालुराम रानासँग १३ सय मतान्तरले पराजित भएका राना पुनः २०५१ को संसदिय निर्वाचनमा उनै ससुरा सँगै भिडेका थिए तर यस पटक भने फराकिलो मतान्तरले ससुरालाई पराजित गरि पुर्बी पाल्पामा मात्र नभएर सिंगो पाल्पा जिल्लामा नै सुर्य झन्डा फहराउदै सम्पुर्ण गाउँ बस्तिमा लामो समय देखि रहिआएको अन्धकार हटाई आशा र परिवर्तनको दियो बाल्न सफल भएका थिए । २०५१ साल सम्म आईपुग्दा दल बहादुर राना पाल्पामा निकै चर्चित र आशाको केन्द्र बनिसकेका थिए । उनको लोकप्रियता सँग अताल्लिएर बिरोधिहरुले उनको हत्या समेत गर्ने योजना बनाएका थिए । हजारौं निर्दोश जनताको आशिर्बाद पाएका रानालाई कुनै पनि षड्यन्त्रले छुन सकेन ।
राजनैतिक भाषण भन्दा बिकासको कामलाई बढि महत्व दिने, दुर्गम पाल्पाको यस क्षेत्र कसरी सुगम बनाउने, जनतालाई कसरी सहज सर्शुलभ शिक्षा स्वास्थ्य यातायात लगायतको सुबिधा दिलाउन सकिन्छ, कसरी जनताको जिवनस्तर उकास्न सकिन्छ, कसरी जनताको पहुंच बढाउन सकिन्छ, कसरी आत्मनिर्भर र स्वाबलम्बी बनाउन सकिन्छ भन्ने चिन्ताले पिरोलिरहने राना आफू सांसद हुँदा उल्लेख्य कामहरु गरे । स्थानिय स्रोत र साधनको अधिकतम प्रयोग गरेर नै स्थानिय तहको बिकास गर्न सकिन्छ, भूगोल सुहाउदो कृषि ब्याबसाय, पशुपालन, तरकारी खेति युबालाई गाउँमै रोजगारी, आदिबाट अर्थोपार्जनको स्रोत देखने रानालाई यस क्षेत्रका जनताले पुनः २०६४ सालको निर्वाचनमा भारि मत दिएर संबिधान निर्माणको निमित्त संबिधान सभामा पठाएका थिए । दोश्रो संबिधान सभाको निर्वाचन २०७० को निमित्त पनि पार्टिबाट निर्वाचनमा उम्मेद्वार बन्न आग्रह आउदा पनि रानाले पद लोलुपतामा नभएको राम्रो उदाहरण प्रस्तुत गरि सहर्ष राधाकृष्ण कन्डेललाई छोडिदिए । राधाकृष्ण कन्डेल पनि काँग्रेससँग फराकिलो मतान्तरले बिजयी भएका थिए ।
निरन्तर जनताको सेवामा सिँगो जिवन नै समर्पित गरेर लागेका रानालाई मन्त्री हुन सांसद भईराख्नु परेन । दोस्रो संबिधान सभाको निर्वाचन पछिको सुशिल कोइराला नेत्रत्व्वको सरकारमा भुमिसुधार तथा ब्यबस्था मन्त्री बन्ने अवसर प्राप्त गरे। सादा जीवन उच्च बिचारका राना मन्त्री हुदाँ राम्रो छबि स्थापित गर्न सफल भएका थिए । कहिँ कतै बिबादमा तानिएनन। देश भरिका भूमिहिन र सुकुम्बासीहरुको लागि जग्गा धनिको लाल पुर्जा बितरण गर्ने प्रक्रिया ब्यब्स्थपिका समितिबाट पास गराई काम अगाडि बढाउन सुरु हुदै थियो सरकार परिवर्तन सँगै उनको यो महान योजना सफल हुन सकेन यदि स्थायी सरकार भईदिएको भए अहिले देशभरिका सुकुम्बासिहरुले लालपुर्जा पाएसकेका हुन्थे । देशभर ४२ स्थानमा नयाँ मालपोत तथा नापी कार्यालय स्थापना गरि जनता लाई सहज सेवा दिलाउन सफल उनकै पहलमा पाल्पा को रामपुरमा पनि स्थापना भएको थियो। द्वन्द कालमा जलेर नस्ट भएका स्थानमा बिशेस नापी कर्यालयको स्थापना गराई पुनः लाल पुर्जा बितरण गर्ने काम हाल सम्म पनि चल्दै छ । पाल्पामा पनि कतिपय ठाउँमा सम्पन्न भईसक्यो भने कतिपय ठाउँमा प्रक्रियामा छ । आफ्नो मन्त्रालय बाहेक अन्य मन्त्रालय अन्तर्गतका जनताको चासो र बिकाससँग जोडिएका बिभिन्न कामहरुमा केन्द्रिय योजनामा समाबेश गराई नियमित बजेट बिनियोजन गराउन लागे र सकेसम्म अत्यन्त पहल दृढ्ताका साथ गरेका थिए । सानो उदाहरण पाल्पाको रामपुरमा इलाका प्राशसन आउनु, बिभिन्न गाबिसहरुमा स्वास्थ्य चौकी भवनहरु बन्नु, बाटो घाटो पुल पुलेसा आदि ईत्यादिमा पर्याप्त बजेट बिनियोजन हुनु, केहि नियमित प्रक्रिया अन्तर्गतका आयोजना भएपनि उनको बिशेष पहल कदमिमा भए गरेका बिकास निर्माणका काम हरु अनगिन्ति छन । भ्रस्टाचार र कमिशन मुक्त मालपोत नापी बनाउन बिशेष योजना रानाले बनाउदै गर्दा सरकार परिवर्तन भएको हुँदा धेरै कामहरु राम्रो सुरुवात गरिए पनि त्यसको नतिजा नआउदै बाहिरीन पर्दा योजनाहरु यथासक्य पुरा हुन पाएनन ।
मन्त्री हुँदा को अनुभव र थालनि गरेका बिकास निर्माण र थप आयोजनाहरुलाई अगाडि बढाउन राना लाई यस पटकको निर्वाचनमा पुन पाल्पा -१ बाट प्रतिनिधि सभाको लागी नेकपा एमाले ले उम्मेद्दवार बनाएको छ । पार्टिको अनुरोध साथसाथै कान्छा छोरा स्व. बिमान चालक सन्तोष रानाको उच्च मनोकांक्षा पुरा गर्न आहिले उनले उम्मेद्वारी दिएको पारिबारिक स्रोत बताउंछ।
अत्यन्त मिजासिला, बिभिन्न उतार चढाबहरुमा कत्ति पनि बिचलित नहुने राना जतिबेला पनि जनताकै सेवामा हाजिर हुन्छन । सुदुर पुर्ब पाल्पा बाँकामलाङको डमरामा के समस्या छ, दुई घरेका जनताको घरमा के पाक्छ , सहलकोट जुरेको जनताले खानेपानी कसरि खाईरहेका छ्न, मित्याल ,ज्यामीरे , साठिकोल , ताकातुङ, रहवास, लेमढेङ र पुर्बखोलाका जनताको घर घरमा के छ खबर सब कुराको समेत हेक्का रहने रानालाई झिरुवास र जल्पा मैदानको अम्रिसो र रामपुर र माडिफाँटको लह लहाउँदो धानको बालाले उनको आगमनमा दर्शन भेट टक्र्याउछन ।
पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका हेवी वेट नेता हामिले यस क्षेत्रमा पाउनु हामि सबै पाल्पालीहरुकै लागि गौरबको बिषय हो ।
त्यसैले अरु निर्वाचन जस्तो आहिलेको निर्वाचन अलि फरक रहेको अवस्थामा स्थायी सरकार निर्माण गरी बिकास र सम्बृद्दिको पथमा यो मूलुकलाई अगाडि बढाउन अरु निर्वाचनमा अरु नै पार्टीमा मतदान गर्ने दाजुभाई दिदि बहीनिहरुले यो पटक गम्भीर भएर आफ्नो एक मत राष्ट्र निर्माणका निमित्त बाम गठबन्धन र मलाई मत दिइ बिजय गरैदिनुभएको सबैलाई धन्यवाद छ ।

Comment with Facebook

Share This News !

Ads




shares