भावी सरकार र यसका प्रार्थमिकतहरु

नेपालमा हालसम्म बाम गठबन्धन को बहुमत सहित को कुनै पनि सरकार नभएको परिस्थिति मा हालको चुनावबाट प्रदेश नम्बर २ बाहेक केन्द्र र प्रदेशमा स्पस्ट बहुमत सहितको बाम सरकार गठन हुने परिस्थिति देखिन्छ । त्यसानुसार, अब सम्भवतह: नेकपा एमले का अध्यक्ष केपी शर्मा ओलि नेपालको ४१ औ प्रधानमन्त्री को रुपमा पौष को दोश्रो हप्ता तिर सपथ ग्रहण गर्ने सम्भावना देखिन्छ ।

भावी सरकार को रुपरेखा:

भावी सरकारमा हालको संविधानन बमोजिम नया सरकारमा बढीमा २५ जनको मन्त्री मन्डल गठन गर्न पाउनेछन । एमाले र माओवादी को सन्युक्त सरकारमा एमाले को तर्फबाट बढीमा १० जना र माओवादी को तर्फबाट बढीमा ७ जना, राजमो बाट १ जना र अन्य गरी सरकार गठन गर्ने तयारी देखिन्छ ।
नेकपा एमाले को भागमा रक्षा, पर्रास्ट्र्, भौतिक् योजन, सहरि बिकश, अर्थ, सन्चर, कानुन, न्याय, तथा संसदीय मामिला, शान्ति तथ पुनर्निर्माण, सन्स्कृति तथा पर्यटन् र स्थनिय बिकस मन्त्रलय पर्ने सम्भावना देखिन्छ भने माओवादी को भागमा गृह, उर्जा, शिक्षा तथा स्वास्थ्य, बणिज्य तथा अपुर्ति, युवा तथा खेलकुद, सिचाई, गरिवि निवरन तथा सहकारि मन्त्रालय पर्ने देखिन्छ। राजमो को भागमा महिला बलबालिका तथा समज कल्याण मन्त्रलय पर्ने देखिन्छ।

भावि सरकारको प्रार्थमिक दवित्वहरु:

सर्बप्रथम् भुकम्प पिडित नेपलि नगरिकलाई पुनर्वासको प्रवन्ध भावि सरकर को पहिलो दवित्वको रुपमा देखिन्छ भने समाजिक सुरक्षा भत्तालाई घोषणापत्र मा उल्लेख गरे बमोजिम नै ब्यब्स्था गर्नु पर्ने हुन्छ। यस सङै राष्ट्रिय गौरवको योजनहरुलई ५ वर्ष भित्र पुरा गर्नु पर्ने अर्को दायित्व हुन्छ। त्यसै गरि हुलाकि रजमर्ग, फस्ट् ट्र्याक को निर्माण, मथिल्लो तमाकोशि जलबिद्युत कार्य सम्पन्न एबम् मेलम्चि खानेपानि लाई पुर्नता दिनु पर्ने भावि सरकार् को प्रमुख प्रार्थमिकता हुन्छ।
चिन र भारत संग भएको सम्झौता को कर्यन्बयन पक्षलाई पुनरवलोकन गर्दै पोखरा अन्तर्राष्ट्रिय र निजगध बिमानस्थल निर्माण को कार्यलई पुर्णता दिनु पर्ने पनि त्यतिनै आवस्यक हुन्छ।
त्यसरि नै बिभिन्न सिचाई निर्मण कार्यलाई पनि पुर्णता दिनु पर्ने देखिन्छ। रसुवा नाकाको केरुङ् देखि लुम्बिनि सम्म को रेलमार्ग, चिन सङ जोडिएको नाकाहरु सुचारु गर्नु र तातोपानि नाका लाई पुर्ण सन्चलन मा ल्याउन पहल कदमि दिनु पर्ने पनि मुख्य आवस्यक दायित्व हुन्छ।

Comment with Facebook

Share This News !

Ads




shares