चिकित्सकलाई दुर्व्यवहार गर्नेविरुद्ध कारबाही माग

काठमाडौँ — चिकित्सक संघ ले जिल्ला स्वास्थ्य कार्यालय, कालिकोटमा कार्यरत डा. कौशल अलीमाथि अज्ञात समूहबाट दुर्व्यवहार गरिएको भन्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही माग गरेको छ ।

संघले उक्त घटनाको भत्र्सना गर्दै चिकित्सकमाथि सांघातिक हमला गर्न खोज्ने, दुर्व्यवहार गर्ने आपराधिक मानसिकता बोकेका व्यक्तिहरूको अविलम्ब खोजी गरी कानुनी दायरामा ल्याउन स्थानीय सुरक्षा निकायसमक्ष मागसमेत गरेको छ ।

Comment with Facebook

Share This News !

Ads




shares