अनुहारमा चमक यसरी आउछ

काठमाडौँ,माघ १८ गते।

हामी अनुहारको चमकका लागि भिभिन्न कस्मेटिक्स प्रयोग गर्छौं। कस्मेटिक्सले चाहेजस्तो चमक ल्याउँछ भन्ने ग्यारेन्टी छैन । अर्कोतिर यसको साइट इफेक्ट हुन्छ नै । जबकी फलफूलको बोक्रा सित्तमै उपलब्ध हुन्छ । फलफूल खरिद गरेपछि बोक्राको लागि अतिरिक्त खर्च गर्नु पर्दैन । त्यसैले यो निशुल्क उपलब्ध घरेलु सौन्दर्य साधन हो ।

सुन्तला र कागतिको बोक्रालाई सुकाएर मसिनो बनाउने सो मिश्रढमा अलिकति गुलाबजल मिलाई अनुहारमा पैक लगाउने सुकेपछि पानीले अनुहार धुनुपर्छ । यसो गर्नाले अनुहारमा रहेका चायापोतो सँधैका लागि हराएर जान्छन् ।

दाँत चम्काउनका लागि कागतिको बोक्रालाई हप्तामा एक-दुई पटक दाँतमा रगड्ने । साथै यसको बोक्रालाई सुकाएर पिस्ने अनि यसमा थोरै नून मिलाएर यसलाई मञ्जनको रुपमा प्रयोग गर्नुस । यसबाट दाँतका किरा पनि नष्ट हुन्छन् । कागतिलाई दाँत तथा गिजाको स्वास्थ्यका लागि निकै प्रभावकारी मानिन्छ

अनुहारमा डण्डीफोर वा डण्डीफोरका दाग छन् भने त्यसबाट छुट्कारा पाउनका लागि तपाईंलाई अनार र सुन्तलाको बोक्राले मद्दत गर्न सक्छन् । यसका लागि अनार र सुन्तलाको बोक्रालाई बेसारसँग पिस्नुपर्छ । यसमा अलिकति कागतिको रस मिलाएर अनुहारमा नियमितरुपमा लगाउने गरौं । यसो गर्दा डण्डीफोर र यसको दाग हराएर जान्छ ।

कतिको नङ फोहोर तथा चमकरहित हुन्छ, जुन हेर्दा घिनलाग्दो पनि देखिन्छ । यस्तो समस्या छ भने कागतिको बोक्रालाई नङमा रगड्ने । यसो गर्दा नङ दागरहित, सफा र चम्किलो हुन्छ । त्यसैले कागती निचोरीसकेपछि यसको बोक्रालाई यत्तिकै नफालौं

Comment with Facebook

Share This News !

Ads




shares