सामूहिक बलात्कार काण्ड : प्रहरी निरीक्षक निलम्बन अरु फरार

दरबारमार्गमा भएको सामूहिक बलात्कार घटना लाई लेनदेनमा मिलाउन सक्रिय प्रहरी निरीक्षक लक्ष्मण ठकुरीलाई निलम्बन गर्न गरिएको सिफारिस गृहमन्त्रालयले सदर गरेको छ ।

ठकुरीलाई निलम्बन गर्न १८ माघमा प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको थियो । मिलापत्र गराउन संलग्न भएको भन्दै मुद्दा शाखाका प्रहरी नायव निरीक्षक चन्द्र भण्डारी भने यसअघि नै निलम्बित भएका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेले सोमबार गृह मन्त्रालयले निलम्बनको सिफारिस सदर गरेको जानकारी दिए ।

निलम्बनसँगै इन्स्पेक्टर ठकुरी अब जिम्मेवारीविहीन भएका छन् । दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कार प्रकरणका आरोपी शैलेश कार्कीसहित चारैजना भागेका छन् । प्रहरीले शुक्रबारदेखि उनीहरूको खोजी तीव्र पारे पनि पक्राउ पर्न सकेका छैनन् । पीडित युवतीसँगको सहमतिपत्रमा हस्ताक्षर गर्ने शैलेशका बाबुआमा पनि सम्पर्कबाहिर छन् । प्रहरीले शनिबार मात्रै हेटौंडाबाट सन्देश बीसी र आवेश लामालाई पक्राउ गरेको थियो ।

घटनाको दिन बीसी र लामा दुवै जना ल्यान्डमार्क होटलमा बसेका र उनीहरू अर्का आरोपी विकास कार्कीको नजिकको साथी भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको दिन दीपक श्रेष्ठले होटलका पाँचवटा कोठा बुक गरेको देखिन्छ । प्रहरीका अनुसार पाँचमध्ये एउटामा बीसी र लामा बसेका थिए ।

पक्राउ गरेर काठमाडौं ल्याइएका दुई युवकलाई भने आफूले नचिनेको बयान पीडित युवतीले दिएकी छन् ।

Comment with Facebook

Share This News !

Ads




shares