बलात्कार को मिलापत्रः प्रहरीकै रोहवरमा ३० लाख लेनदेन

२१ माघ, काठमाडौं ।

प्रत्यक्षदर्शी भन्छन्– मिलापत्र गर्दा युवती रुँदै थिइन्

दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ ।

लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई होटलमै छाडेर गएपछि रीसको झोंकमा सामूहिक बलात्कारको मौखिक उजुरी दिएको मिलापत्र कागजमा उल्लेख छ । तर, मिलापत्रमा लेनदेन’bout उल्लेख गरिएको छैन ।

सामूहिक बलात्कारको घटना मिलाउन दरबारमार्ग वृत्तका प्रहरीले भूमिका खेलेको पाइएको छ । कतिसम्म भने केटाकेटीले बिहे गर्ने सहमति भएको भन्दै प्रहरीले दुबैको सामूहिक तस्वीरसमेत खिचेर राखेको खुलेको छ ।

तर, मिलापत्र भइरहेको ठाउँमा पनि युवती भने रोइरहेको आफूले देखेको प्रत्यक्षदर्शीको भनाइ छ ।

के छ मिलापत्रमा ?

केटाकेटी दुबैको परिवारका साथै केही साक्षीसमेत राखेर दरबारमार्ग प्रहरीले मिलापत्र गराएको थियो ।

मिलापत्रमा पीडित युवती र शैलेशबीच करिव ६ महिनाअघि चिनजान भएको र करिब दुई महिना पहिले एक रातसँगै बिताएको ब्यहोरा लेखिएको छ ।

उनीहरु ७ माघको राति दरबारमार्गको होटल ल्याण्डमार्कमा बसेका थिए । उक्त दिन दुबैको सहमतिमा एकपटक शारीरिक सम्वन्ध राखेको भन्दै मिलापत्रमा लेखिएको छ, ‘शैलेश कार्कीसँग नसाको सुरमा वादविवाद भएको र मलाई होटलमा नै छाडी गएका कारण रीसको आवेगमा भोलिपल्ट बिहान ८ बजे कमलपोखरी प्रहरी कार्यालयमा गई शैलेश कार्कीसमेत साथीले जबरजस्ती करणी गरेको भनी मौखिक जानकारी गरेको हुँ ।’

Rape Case Agreement

आफूले रीसको झोकमा जबरजस्ती करणी गरेको भन्नु गल्ती भएको भन्दै मिलापत्रपत्रमा युवती भनाइ उधृत गरिएको छ– ‘मलाई कोही कसैले अनुचित यौन सम्पर्क, शारीरिक सम्पर्क गर्ने जस्ता अनैतिक कार्यहरु गरेको छैन ।’

पीडित युवती र परिवारले यस विषयमा कहीँकतै उजुरी नगर्ने बाचा समेत मिलापत्रमा गराइएको छ ।

पीडित परिवारले ३० लाख नगद बुझे

पीडित युवती सामूहिक बलात्कार भएको भन्दै आएपछि कमलपोखरी प्रहरीले दरबारमार्ग बृत्तमा पठाएको थियो । उनले उजुरी दिएपछि प्रहरीले घटना भएको होटलमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै बयानसमेत लिएको थियो ।

त्यसपछि प्रहरीकै उपस्थितिमा दुबै परिवारवीच आर्थिक लेनदेनमा मिलापत्रको प्रयास सुरु भएको थियो । यसमा संलग्नहरुले बताए अनुसार अपराह्न करिव ४ बजेतिर त पीडित परिवारले नगद बुझेका थिए ।

संयोगबस पीडित युवतीका नातेदार र शैलेशका साथी एक समयका सहकर्मी रहेछन्, जो यही मुद्दाका सिलसिलामा दरबारमार्ग प्रहरी वृत्तमा आमुन्ने सामुन्ने भए । उनीहरुकै पहलमा मिलापत्र भएको पाइएको छ ।

अपराह्न प्रहरी बृत्तमा पुगेका एक व्यक्तिका अनुसार त्यहाँ मिलापत्र भइरहँदा पीडित युवती रोइरहेकी थिइन् । उनलाई फकाउन शैलेशकी आमाले ‘मेरी छोरी पनि छैन, तिमीलाई अहिल्यै बुहारी बनाउन तयार छु’ भनेकी थिइन् ।

मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १/२ करोडको कुनै चिन्ता छैन ।’

मिलापत्र गर्ने क्रममा पीडित परिवारले प्रहरी वृत, दरबारमार्ग परिसरमै ३० लाख रुपैयाँ बुझेका थिए । मिलापत्र गर्ने सहमति भएलगत्तै शैलेशका साथीहरुले एक–डेढ घन्टामै रकम जम्मा पारेको सुनाउँदै स्रोतले भन्यो, ‘त्यहाँ केटापक्षका मानिसहरु भन्दै थिए १/२ करोडको कुनै चिन्ता छैन ।’

स्रोतका अनुसार पीडित परिवारले त्यहीँ ३० लाख नगद बुझेका थिए, जुन नजिकैको बैंक अफ काठमाडौंमा रहेको आफ्नो खातामा जम्मा गरेका थिए ।

तर, पीडितका बाबुले सबै रकम जम्मा गरे वा गरेनन् खुलेन । तर, प्रहरी स्रोतले भने खातामा २७ लाख आकस्मिकरुपमा आएको देखिएको बताएको छ ।

शैलेश र पीडित युवतीको परिवारबीच प्रहरीकै उपस्थितिमा मुद्दा मामिला नगर्ने सहमति भयो । एक पन्ने सहमतिपत्रमा पीडितका बाबु, आमा, शैलेसका आमा, शैलेश र केही साक्षीले हस्ताक्षर गरेका छन् ।

यो मिलापत्र प्रहरीले नै तयार पारेको थियो, त्यसैले त्यहाँ लेनदेन उल्लेख गरिएको छैन । स्रोतले भन्यो, ‘पीडितले बुझेको रकमबाट प्रहरीले पाएका छैनन्, केटा पक्षले नै दिएको होला । तर, लेनदेनमै मिलापत्र भएको हो ।’

मिलापत्र गरेर आफ्नो नियन्त्रणमा रहेका शैलेशलाई छाड्नुअघि प्रहरीले ‘विवाह गर्ने’ भन्दै शैलेश र पीडित युवतीको संयुक्त तस्वीर समेत खिचेको थियो ।

सहमति गर्दैगर्दा आफूले पनि पीडित युवतीको उद्दार भयो भन्ने ठानेको तर, सामूहिक बलात्कार भनेर खबर बाहिर आएपछि छाँगाबाट खसेजस्तै भएको मिलापत्रमा हस्ताक्षर गरेका एक साक्षीले अनलाइनखबरलाई बताए ।

Link to News Source( श्रोत ) : https://www.onlinekhabar.com/2018/02/657098

Comment with Facebook

Share This News !

Ads




shares