मृग भनेर गोली ताक्दा महिला घाइते

काठमाडौँ, पुस ५ गते । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा एक महिला घाइते हुनुभएको छ ।

आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली ताक्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते हुनुभएको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिनुभयो । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकिएको उहाँले बताउनुभयो ।

घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ ।

Comment with Facebook

Share This News !

shares