१ लाख घुससहित शिक्षाका दुई प्राविधिक कर्मचारीलार्इ पक्राउ

काठमाडौँ, चैत्र २४ गते।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय पोखराले १ लाख घुससहित शिक्षाका दुई प्राविधिक कर्मचारीलार्इ पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जिल्ला शिक्षा कार्यालय कास्कीका प्राविधिकद्धय इन्जिनियर छबिन्द्रविक्रम खाड र सव–इञ्जिनियर प्रदीपकुमार बानियाँ हुन् ।

अख्तियारको टोलीले उनीहरुलाई पोखराको एक होटलबाट घुस लिने क्रममा रंगेहात पक्राउ गरेको थियो । कास्कीको मादी गाँउपालिकाका निमार्ण भएका प्रभात आधारभूत र नारायण आधारभुत विद्यालयका विल भरपाई मिलाइ दिने नाममा उनीहरुले घुस मागेको बताइएको छ । भुक्त्तानीका लागि अन्तिम विल भरपाई पेश गर्ने क्रममा उनीहरुले घुस मागेका थिए ।
दुई विद्यायलका सम्वन्धित व्यक्तिहरू घुस मागेको भन्ने गोप्य सूचनाका आधारमा रेष्टुरेण्टमा बसेर घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । उनीहरु हाल अख्तियारको नियन्त्रणमा रहेका र आवश्यक छानविन भइरहेको अख्तियार कार्यालय पोखराले जानकारी दिएको छ ।

जिल्ला शिक्षा कार्यालय कास्कीका प्रवक्ता उप–जिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालका अनुसार अख्तियारले फोन गरेर घटनाबारे सामान्य जानकारी गराए पनि आधिकारिक रुपमा केही खबर नगरेकाे बताए । उनले कार्यालय बाहिरकाे घटना भएकाले पनि आफूलाई थाहा नभएको बताए ।

Comment with Facebook

Share This News !

Ads




shares