बलात्कार आरोपमा चारजना पक्राउ ।

असार ३२ काठमाडौं ।

महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराह लहान नगरपालिका ७ का २४ वर्षीय अमिल गुप्ता, सोही स्थानका २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक शाह र सिराह मिर्चैयाका २६ वर्षीय नितेश कुमार साह रहेका छन् ।

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सोमबार बिहान १ बजे लहानबाट गाईघाटतर्फ आउँदै गरेको बा.१४ च.६८१७ नंम्बरको स्कार्पियो गाडीलाई त्रियुगा नगारपालिका ६ स्थित लातपत्तामा चेक जाँच गर्ने क्रममा चार जना युवासहित ३५ वर्षीया महिला नग्न अवस्थामा फेला परेकी थिइन् ।

सोधपुछका क्रममा महिलाले आइतबार राति सिराह लहानबाट जबरजस्ति उठाएर गाडिमा राखि गाडीभित्रै सामुहिक बलात्कार गरेको बताएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले महिला खबरसँग कुरा गर्दै विश्वकप हेर्नेक्रममा महिलालाई युवाहरुले जबरजस्ती उठाएर ल्याएर बलात्कार गरेको बताए । उनले भने, ‘चारै जनाले मादक पदार्थ सेवन गरेको देखिन्छ ।’
उनले आज नै जिल्ला अदालतबाट म्याद थप थरी अनुसन्धान थाल्ने बताए ।

Comment with Facebook

Share This News !

Ads




shares