प्रहरीसँगको मुठभेडमा मनोज पुनको मृत्यु

काठमाडौँ, फागुन ९ गते।
रुपन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा बुधबार बिहान प्रहरीसँग भएको गोली हानाहानमा मनोज पुनको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका पुनको लुम्बिनी अञ्चल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रुपन्देहीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनका अनुसार घटनामा पुनका दुई सहयोगी घाइते भएका छन्।

पुनकै योजनामा रुपन्देहीका एमाले नेता दुर्गा तिवारी र फर्निचर व्यापारी वसन्त पौडेलको हत्या भएको आरोप लागेको थियो। भारतको गोवा, पुनेलगायतको स्थानमा बसेर नेपाली व्यापारीलाई धम्काउँदै रकम असुल गर्ने र आफूले भनेको नमान्नेहरुलाई सहयोगी प्रयोग गरेर हत्या गर्ने काममा पुनको संलग्नता रहँदै आएको थियो।

Comment with Facebook

Share This News !

Ads




shares