खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गरिएको हो : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन् ।
गृहमन्त्री थापाले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिजस्ता गैरकानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कार्वाही सुरु गरेको बताए। उनले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिए ।

शुक्रबार बिहान भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पारे ।
गृहमन्त्री थापाले बालक निशान खड्कालाई अपहरण गरी हत्या गर्नेहरु इकाउन्टरमै मारिएको दावी पनि गरे । उनले २४ घण्टा भित्रै अपहरणकारीहरुलाई नियन्त्रणमा लिई निष्तेज पार्न सरकार सफल भएको दावी समेत गरे ।

Comment with Facebook

Share This News !

Ads




shares