अपराधी पत्ता लगाउन डी.आई.जी. धीरु बस्न्यातको नतृत्वमा अर्को समिति गठन ।

३१ भाद्र २०७२ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार गरि हत्या गरेको २ महिना बित्न लागेको छ । तर सरकारले अपराधीलाई सजायता के पहिचंपानी गर्न सकेको छैन । १३ वर्षको बालिकाको हेर्ने नसक्ने गरि बलात्कार पछी हत्या गरी उखु बारीमा फालेको अवस्थामा सवा फेला परेको थियो । यस प्रकरणमा एस एस पी बिस्ट र अन्य दि एस पी लगायत ४ जना प्रहरी निलम्बित समेत भएको छ ।

निर्मलाको हत्या र बलात्कार गर्ने अपराधी पहिचान हुन नसक्नुमा सरकारको आलोचना हुँदै आएको छ भने कंचनपुर पुगेका प्रहरी प्रमुख शरवेन्द्र खनालले एउटा नालायक परहरीको कारणले सम्पूर्ण संगठन बदनाम भएको बताएका थिए ।

१३ वर्षीया बालिका निर्मला पन्त बलात्कार प्रकरणमा उच्च तहबाट छानविन गर्ने भन्दै प्रहरी प्रधान कार्यालयले डिआईजी धिरु बस्न्यातको नेतृत्वमा उच्च स्तरिय कमिटी गठन गरेको छ । समितिका सदस्यहरुमा एसएसपी निरजबहादुर शाही, डिएसपीहरु रमेश थापा, दधिराम न्यौपाने र कौशल बुढाथोकी सहित ९ जना रहेका छन् ।

यसअघि गठन भएको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) उत्तम सुवेदीको नेतृत्वमा गठित कमिटीलाई पुनर्संरचना गर्दै प्रहरी हेड्क्वार्टरले डिआईजी बस्न्यातलाई आन्तरिक अनुसन्धान गर्ने जिम्मा दिएको छ ।

प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डिआईजी धिरु बस्न्यात सापको नेतृत्वमा गठन भएको समितिलाई कञ्चनपुर घट्नाको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीबारे छानविन गर्ने कार्यादेश दिइएको छ ।

Comment with Facebook

Share This News !

Ads




shares