स्वीडेनको विजयी सुरुवात

मस्को,आषाढ ५ गते ।

फिफा विश्वकपको समूह ’एफ’ अन्तरगत  स्वीडेन र दक्षिण कोरिया बीचको खेलमा  स्वीडेन ले कठीन जित निकालेको छ ।   कप्तान आन्द्रिएस ग्रान्कभीस्टले खेलको ६५ औं मिनेटमा गरेको पेनाल्टी गोलसँगै स्वीडेनले समूह ’एफ’ को खेलमा दक्षिण कोरियालाई १–० ले पराजित गरेको हो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोग लिएपछि दिएको पेनाल्टीमा स्वीडेन भाग्यमानी सावित भयो ।

समूहको पहिलो खेलमा मेक्सिकोले जर्मनीलाई हराएपछि जितको लागि अग्रसर दुवै टोलीबीचको खेलको पलिो हाफ बराबरीमा सकिएको थियो ।   दोस्रो हाफमा भने दक्षिण कोरियाका किम मिन उले भिक्टर क्लेसनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि स्वीडेनले पेनाल्टी पाएको थियो ।

समूहको अर्को खेलमा जर्मनी र स्वीडेन तथा मेक्सिको र दक्षिण कोरिया भिड्नेछन् ।

Comment with Facebook

Share This News !

Ads




shares