अर्जेन्टिना जित्दा म्याराडोना झण्डै बेहोस !

मस्को,आषाढ १३ गते ।

मार्कोस रोजोको गोलसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा पुग्दा लेजेन्ड डिएगो म्याराडोनाले पनि आफूलाई सम्हाल्न हम्मेहम्मे परेको । खेलका क्रममा उनी कहिले असाध्यै खुसी देखिए सुरुमै लिओनल मेस्सीले उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाउँदा म्याराडोनाले पनि मज्जाले खुसी मनाए

पेनाल्टीमार्फत नाइजेरियाले गोल गर्दा उनी निराश बने तर जब खेलको अन्त्यतिर रोजोले गोल गरे सेलिब्रेसनका क्रममा उनले आफूलाई सम्हाल्नै सकेनन् । उनी बेहोस भए झै देखिन्थे , दुई जनाको सहयोगले रंगशालाबाट बाहिरिएका थिए लगतै मेडिकल स्टाफले उनको स्वास्थ्य जाँच गरेको थियो

Comment with Facebook

Share This News !

Ads




shares